PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

भरतपुरलाई वैकल्पिक राजधानी बनाउने प्रचण्डपुत्री रेणुको घोषणापत्र यस्तो छ



पहिलोपोस्ट

भरतपुरलाई वैकल्पिक राजधानी बनाउने प्रचण्डपुत्री रेणुको घोषणापत्र यस्तो छ

चितवनः नेकपा माओवादी केन्द्रका तर्फबाट भरतपुर महानगरपालिकाका लागि मेयरको उम्मेदवार बनेकी प्रधानमन्त्री पुष्पकमल दाहालकी पुत्री रेणु दाहालले आफ्नो चुनावी घोषाणापत्र सार्वजनिक गरेकी छन्। 

दाहालको घोषणापत्रमा भरतपुरलाई देशकै नमुना स्मार्ट सिटी बनाउने उल्लेख छ। त्यस्तै, चितवन आसपासका क्षेत्रलाई समेटेर देशकै बैकल्पिक राजधानी बनाउन पहल गर्ने दाहालको घोषणापत्रमा  उल्लेख छ।

त्यस्तै, भरतपुर महानगरका सवै सडक कालोपत्रे, भित्री र बाहिरी चक्रपथ निर्माण, सबै विद्यालयको भौतिक सुधार, निःशुल्क स्वास्थ्य सेवासहित महानगरका सबै वडामा १५ शैयाको अस्पताल निर्माण, सहरीकरण तथा सरसफाई, सूचना प्रविधिको विकास, खेल क्षेत्रमा आमुल परिवर्तनलगायतका प्रतिवद्धता रहेका छन्।

अन्य राजनीतिक दलले केन्द्रबाट घोषणापत्र सार्वजनिक गरेपनि माओवादी केन्द्रले भने जिल्लास्तरबाटै घोषणापत्र जारी गर्ने केन्द्रको नीति अनुसार दाहालले घोषणापत्र सार्वजनिक गरेकी हुन्। भरतपुरमा माओवादीका तर्फबाट मेयरमा दाहाल र उपमेयरमा सुरेन्द्र गुरुङले उम्मेदवारी दर्ता गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell