PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

ओलीको चुनौती : संविधान संशोधन भोटिङमा ल्याउनुस्



पहिलोपोस्ट

ओलीको चुनौती : संविधान संशोधन भोटिङमा ल्याउनुस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्तावलाई संसद्‍मा निर्णयार्थ पेश गर्न सरकारलाई चुनौती दिएका छन्। 
सिंहदरबारमा आज बिहान प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधान संशोधनको विषय भोटिङमा ल्याउन चुनौती दिएका हुन्।

ओलीले भने,‘संशोधन प्रस्तावलाई भोटिङमा ल्याउन मानिरहनु भएको छैन, आँट पुगेको छैन कि केहो कुन्नी? परपर सार्नुभयो, अस्ती १७ गतेदेखि अब भोटिङमा ल्याए हुने हो।’ उनले भने, ‘प्रस्ताव भोटिङमा आएपछि के भो र सामना गर्नैपर्ला।’

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्ताव अनुचित भएको भन्दै अध्यक्ष ओलीले यसलाई सरकारले फिर्ता लिनुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell