PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

सुनको भाउ तोलामा पाँच सयले घट्यो



पहिलोपोस्ट

सुनको भाउ तोलामा पाँच सयले घट्यो

काठमाडौं : बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला ५४ हजार ३०० रुपैयाँको दरमा कारोबार भएको छापावाल सुन बिहीबार ५३ हजार ८ सय रुपैयाँ झरेको हो।
 
चाँदीमा पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदीको मूल्य बिहीबारका लागि ७४५ रुपैयाँ तोकिएको हो। 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर रुपमा घटेको कारण नेपाली बजारमा पनि गिरावट आएको नेपाल सुन चाँदी ब्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए। यो क्रमले अझै निरन्तरता पाउने संकेत देखिएको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell