PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

फिफा वरीयतामा नेपाल ३ स्थान तल झर्यो, भारत सय भित्र



पहिलोपोस्ट

फिफा वरीयतामा नेपाल ३ स्थान तल झर्यो, भारत सय भित्र

काठमाडौं : फिफा वरीयतामा नेपाल ३ स्थान तल झर्दा छिमेकी भारत एक स्थान सुधार गर्दै एक सयौँ स्थानमा उक्लेको छ।

विश्व फुटबलको सर्वोच्च निकायले फिफाले मे महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपाल १७३औं स्थानमा छ। ११० अंक रहेको नेपाल ३ स्थान तल झरेको हो।

मार्च २८ मा फिलिपिन्ससँग एसियन कप क्वालिफायर्स म्याच खेलेयता नेपाली राष्ट्रिय टोलीले कुनै खेल खेलेको छैन।

दक्षिण एसियामा भारत सबैभन्दा माथि (१००)औं स्थानमा छ भने माल्दिभ्स एक स्थान तल झर्दै १५२औं स्थानमा पुगेको छ। भुटान १६४औं स्थानमा यथावत छ।

नेपालभ्नदा पछि रहेकव दक्षिण एसियाली राष्ट्रमा बंगलादेश १९३औं, श्रीलंका १९७औं र पाकिस्तान २०१औं स्थानमा यथावत छ।

विश्व वरीयतामा भने ब्राजिल शीर्ष, अर्जेन्टिना दोस्र तथा जर्मनी तेस्रो स्थानमा कायमै छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell