काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतकी प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोग तथा संविधान संशोधनका विषयमा सभामुख ओनसरी घर्तीसँग चोसो राखेकी छन्।
जवाफमा सभामुख घर्तीले महाभियोग विगतकै प्रक्रियामा जाने र संशोधनमा दलहरुलाई छलफलका लागि समय दिइएको बताइन्।
महाभियोग प्रस्ताव र संविधान संशोधनलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अगुवाइमा अहिले सिंहदरबारमा बैठक बसिरहेको छ।
प्रधानन्यायाधीश कार्कीविरुद्ध गत आइतबार महाभियोग प्रस्ताव संसद्मा दर्ता भएको थियो। सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र सत्ता साझेदार नेपाली कांग्रेसका २ सय ४९ सांसदहरुले संयुक्त रुपमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए।