PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

व्यवस्थापिका संसद्‍को बैठक स्थगित



पहिलोपोस्ट

व्यवस्थापिका संसद्‍को बैठक स्थगित

काठमाडौं : व्यवस्थापिका संसद्‍‍को आजको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ। 

आज अपरान्ह तीन बजे बोलाइएको बैठक भोलि बिहान १० सम्मका लागि स्थागित गरिएको संसद् सचिवालयले जनाएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्ताव टेबल गर्ने आजको बैठकको कार्यसूची थियो। 

संसद्‍मा बोल्दै नेकपा एमालेका नेता बामदेव गौतमले भने, 'सत्ताधारी दलले महाभियोग प्रस्तावमाथि टेबल खोजे तर हामीले त्यसो गर्न दिएनौँ। 

महाभियोगका प्रस्तावक मीनबहादुर विश्वकर्माले पनि आफूले टेवल गर्ने प्रयास गरेका तर उहाँहरुले गर्न नदिएको बताए। एमाले नेता सुभाष नेम्बाङले आफूले यो कलङ्कको टीकामाथि छलफल हुन नसक्ने बताए। 

यसअघि आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भएको छलफलमा महाअभियोग प्रस्ताव पारित गर्न प्रधानमन्त्रीले आग्रह गरेपनि ओलीले त्यसलाई अस्वीकार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell