PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

१३ हजार ५ सय ५६ पदमा ४९ हजार २ सय ७ को उम्मेदवारी 



पहिलोपोस्ट

१३ हजार ५ सय ५६ पदमा ४९ हजार २ सय ७ को उम्मेदवारी 

काठमाडौं : पहिलो चरणम यही बैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनमा ४९ हजार दुई सय ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। १३ हजार पाँच सय ५६ जना निर्वाचित हुने पदका लागि झण्डै चार गुणा बढी उम्मेदवारी परेको हो।

३४ जिल्लाका २८३ स्थानीय तहमा ४९ लाख ५६ हजार नौ सय २५ मतदाता छन्।
 
पहिलो चरको दुई सय ८३ स्थानीय तहका लागि नगरको मेयर तथा गाउँपालिकाको अध्यक्षमा १९ सय २५ जनाको उम्मेदवारी परेको छ। यस्तै नगरपालिकाको उपमेयर तथा गाउँपालिकाको उपाध्यक्षमा गरी २८३ जना निर्वाचित हुने स्थानमा १४ सय २९ जनाको उम्मेदवारी परेको छ।
 
यस्तै सबै गाउँपालिकाका दुइहजार पाँच सय ९८ उम्मेद्वार निर्वाचित हुने वडा अध्यक्षमा १० हजार आठ सय ४१ जनाको उम्मेद्वारी परेको छ।
सबै भन्दा बढी उम्मेदवारी खुल्ला तर्फको वडा सदस्यमा परेको छ। पाँच हजार एक सय ९६ जना निर्वाचित हुने खुल्ला तर्फको वडा सदस्यका लागि १८ हजार तीन सय ७१ जनाको उम्मेदवारी परेको छ। 

यस्तै दुई हजार पाँच सय ९८ निर्वाचित हुने खुल्ला तर्फको महिला सदस्यमा नौ हजार ३३ जनाको उम्मेदवारी परेको छ भने त्यति नै संख्यामा निर्वाचित हुने दलित महिला तर्फ भने सात हजार चार सय ७२ जनाको उम्मेदवारी परेको छ। 

सबैभन्दा बढी उम्मेद्वारी काठमाडौ महानगरपिलकामा ८८७ जनाको परेको भने नगरपालिका तर्फ पनि काठमाडौंकै चन्दागिरी नगरपालिकामा तीन सय ९४ जनको परेको छ। सबैभन्दा कम उम्मेदवारी डोल्पाको छार्का ताङ्सेन गाउँपालिकामा २९ जनाको परेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell