PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

पोखरा मेयरका माओवादी उम्मेदवार लामिछानेको उम्मेदवारी फिर्ता



पहिलोपोस्ट

पोखरा मेयरका माओवादी उम्मेदवार लामिछानेको उम्मेदवारी फिर्ता

पोखराः केन्द्रीय तहमा कांग्रेस र माओवादी केन्द्रबीच मेयर पदका लागि चुनावी तालमेल गर्ने सहमति गरेपछि पोखरा लेखनाथ महानगरपालिकामा माओवादी केन्द्रकातर्फबाट उम्मेदवार बनेका विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएका छन्।

माओवादी कन्द्रकातर्फबाट महानगरको मेयरमा उम्मेदवारी दिएका लामिछानेले केन्द्रीय तहमा भएको सहमति अनुसार बिहीबार अपरान्ह मुख्य निर्वाचन अधिकृतको कार्यालय गएर उम्मेदवारी फिर्ता लिएका हुन्।

केन्दीय तहमा पार्टीले गरेको निर्णय अनुसार आफूले उम्मेदवारी फिर्ता लिएको लामिछानेले बताए ।‘कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबीच भएको सहमति अनुसार मैले मेरो उम्मेदवारी फिर्ता लिएको हुँ, दुई पार्टीबीच केन्द्रबीच जे सहमति भयो त्यो स्वागतयोग्य छ’,उनले भने।

आफ्नो उम्मेदवारी फिर्ता भएपनि पोखरा लेखनाथ महानगरको हितका लागि जुनसुकै स्थानमा रहेर काम गर्न तयार रहेको उनले प्रतिक्रिया दिए।
दुई दलको सहमति अनुसार पोखरा लेखनाथ महानगरको मेयरमा कांग्रेसलाई सघाउने र उपमेयर माओवादी केन्द्रले लिने उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell