PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

विप्लव माओवादीका कार्यकर्ताद्वारा कांग्रेस उम्मेदवार चढेको गाडी तोडफोड



पहिलोपोस्ट

पोखराः नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्षका प्रत्यासी जीवनाथ पौडेल चढेको जिप विप्लव माओवादीका कार्यकर्ताले तोडफोड गरेका छन्। 

चार/पाँच जनाको संख्यामा आएका विप्लव माओवादीका कार्यकर्ताले पौडेल चढेको ग १ च ८५६८ नम्बरको जिपमा तोडफोड गरेका हुन्। 

चुनावी प्रचारप्रसारमा गएका बेला उनीहरुले जिप तोडफोड गरेका हुन्। आक्रमणमा परी कांग्रेस कार्यकर्ता नानबहादुर केसीसहितका कार्यकर्ता घाइते भएका छन्। 

घटनास्थलमा तत्कालै पुगेको प्रहरीले आक्रमणकारीको खोजी तीब्र पारेको बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell