PahiloPost

Jun 3, 2025 | २१ जेठ २०८२

काठमाडौंका दश नगरपालिकामा ४२ जनाको उम्मेदवारी फिर्ता



पहिलोपोस्ट

काठमाडौंका दश नगरपालिकामा ४२ जनाको उम्मेदवारी फिर्ता

काठमाडौंः स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ जिल्लाका १० नगरपालिकामा ४२ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। 

मङ्गलबार उम्मेदवारी दर्ता गराएका अधिकांश स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन्। निर्वाचन अधिकृतको कार्यालयले बिहीबार अपराह्न १ बजेदेखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको थियो । उम्मेदवार फिर्ता लिनेमा बढी वडाध्यक्ष र सदस्य छन् । प्रमुख पदमा उम्मेदवारी दिएका चार जनाले फिर्ता लिएका छन् । नागार्जुन, गोकर्णेश्वर, कागेश्वरी मनहरा र शङ्खरापुरका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका एक एक जनाले फिर्ता गरेका हुन् । 

नागार्जुनमा मोहनराज गिरी, गोर्कणेश्वरमा वामनकुमार चालिसे, कागेश्वरी मनहरामा सुमन अधिकारी र शङ्खरापुरबाट सुदन केसीले उम्मेदवारी फिर्ता लिनुभएको हो । सबभन्दा बढी चन्द्रागिरिमा ११ जनाले फिर्ता लिएको निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए। 
त्यस्तै, बूढानीलकण्ठमा एक जनाले मात्र उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालले जानकारी दिए। 

यस्तैगरी, नागार्जुन र गोकर्णेश्वरमा तीन तीन, तारकेश्वरमा नौ, मनहरामा पाँच, टोखा र कीर्तिपुरमा चार चार र शङ्खरापुरमा दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन्। दश नगरपालिकामा पाँच सय ५० निर्वाचित हुनुपर्नेमा मङ्गलबार दुई हजार छ सय २४ जनाले उम्मेदवारी दिएका थिए। नगरप्रमुखका लागि एक सय ३५ तथा उपप्रमुखका लागि ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell