
धनगढी : सशस्त्र प्रहरी बलको महिला टोली एपीएफले अत्तरीया कप क्रिकेटमा विजयी सुरुवात गरेको छ। बिहिबार भएको उद्घाटन खेलमा एपीएफले मिलन क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको मिलनले निर्धारति २० ओभरमा ४ विकेट गुमाउँदै ९३ रन बनाएको थियो।
जवाफमा ज्योती पाण्डेको नटआउट ५५ रनको मद्दतमा एपीएफले १५.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।