PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

रूखले किच्दा जाजरकोटमा बालिकाको मृत्यु



पहिलोपोस्ट

जाजरकोट : रूखले किचेर कुसे गाउँपालिका–४ की १२ वर्षीया रमिता शाहीको बिहीबार बेलुका मृत्यु भएको छ। उनकी दिदी १५ वर्षीया पशुपति गम्भीर घाइते भएकी छन्। 

कुसे गाउँपालिकाको बाटुलेबजार नजिकैको टोलखोलामा हावाहुरीले ढलेको रूखले किच्दा शाहीको मृत्यु भएको हो। मालटाकुरा माध्यमिक विद्यालय, तम्तीमा ७ कक्षा र १० कक्षामा अध्ययनरत दिदीबहिनी पुस्तक लिएर बाटुलेबजारबाट फर्कंदै गर्दा हावाहारीका कारण ढलेको रूखले उनीहरुलाई किचेको स्थानीयवासी खिमबहादुर सिंहले बताए। 

घाइते पशुपतिको स्थानीय मेडिकलमा उपचार भइरहेको उनले बताए। विद्यालयले उनीहरुलगायत अन्य बालबालिकालाई पुस्तक ढुवानी गर्न बाटुलेबजार पठाएको थियो। पुस्तक बोकेका अन्य बालबालिका अर्को बाटो हिँडेकाले घटनाबाट बच्न सफल भएको सिंहले बताए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell