PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

भरतपुर महानगरपालिकामा ६ सय ८४ जनाको उम्मेद्वारी कायम



पहिलोपोस्ट

भरतपुर महानगरपालिकामा ६ सय ८४ जनाको उम्मेद्वारी कायम

राजेन्द्र आचार्य

चितवन
: आसन्न स्थानीय निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा ६ सय ८४ जनाको उम्मेद्वारी कायम भएको छ। मनोनयन गरेकामध्ये फिर्ता र बदर गरी १५ जनाको संख्या घटेको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए।
 
नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएपछि कांग्रेसबाट मेयरमा उम्मेद्वार दिनेश कोईराला र माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवार सुरेन्द्र गुरुङको उम्मेदवारी फिर्ता भएको छ। फिर्ता लिने अन्यमा वडाध्यक्ष र सदस्यहरु रहेका छन्।

घिमिरेका अनुसार वडा नम्वर २७ मा वडा सदस्य उम्मेद्वार जितरानी थरुनीको आवश्यक कागजात नमिलेपछि उम्मेद्वारी बदर भएको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट) की उम्मेद्वार थरुनीको प्रस्तावक र समर्थक अन्य वडाका भएपछि उम्मेद्वारी बदर भएको हो। 

भरतपुर महानगरपालिकामा अन्तिम प्रतिस्पर्धामा अब प्रमुख पदमा १४ जना र उपप्रमुख पदमा ११ जना कायम भएका छन्। महानगरको २९ वडाबाट प्रमुख र उपप्रमुखसहित एक सय ४७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन्। थप तीन जना मनोनित भएपछि कूल जनप्रतिनिधिको संख्या एक सय ५० पुग्नेछ । महानगरपालिकामा एक लाख ५० हजार दुई सय ७४ मतदाता रहेका छन्। ६५ मतदानस्थलमा एक सय ७९ वटा मतदान केन्द्र तोकिएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell