PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

प्रमुख तीन दलको बैठक सुरु, महाभियोगको कार्यसूचीमा सहमति खोज्ने प्रयास



पहिलोपोस्ट

प्रमुख तीन दलको बैठक सुरु, महाभियोगको कार्यसूचीमा सहमति खोज्ने प्रयास

काठमाडौँ : महाभियोगको प्रक्रिया र संसद्को कार्यसूचीबारे छलफल गर्न सभामुख ओनसरी घर्तीसहितका शीर्ष नेताको बैठक सुरु भएको छ। संसद् भवन नयाँ बानेश्वरमा घर्तीको पहलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको बैठक सुरु भएको हो।

महाभियोग प्रस्ताव फिर्ताको बटमलाइन बनाएको प्रतिपक्ष दलले बैठक चल्न नदिने अडान लिएपछि बिहीबारको बैठक स्थगित भएको थियो। शुक्रबार बैठक सुरु हुनअघि सभामुखले शीर्ष नेतासँग परामर्श गरेकी हुन्। 

आइतबार कांग्रेस र माओवादी केन्द्रका २४९ सांसद्को हस्ताक्षरमा प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता भएको थियो। बिहीबार नै सूचना संसद्मा पेस गरी छलफलको मिति तोक्ने सभामुखको तयारी भए पनि दलहरुको विवादका कारण पेस हुन सकेको छैन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell