PahiloPost

Mar 26, 2026 | १२ चैत्र २०८२

नयाँ शक्तिका हराएका उम्मेद्वार मदन गिरी बसपार्कमा भेटिए



पहिलोपोस्ट

नयाँ शक्तिका हराएका उम्मेद्वार मदन गिरी बसपार्कमा भेटिए

काठमाडौँ : बुधवार साँझदेखि बेपत्ता भएका नयाँ शक्ति पार्टी नेपालको नागार्जुन नगरपालिका वडा नं. ७ का वडाध्यक्षका उम्मेद्वार मदन गिरी फेला गरेका छन्। उनी बुधवार सवा सात बजेदेखि काठमाडौँको नयाँ बजार क्षेत्रबाट सम्पर्कबिहीन भएका थिए। 

गिरीलाई ललितपुरको गोदावारीस्थित बसपार्कमा बसिरहेको अवस्थामा फेला पारेको महानगरीय प्रहरी बृत स्वयम्भुका डिएसपी कोमल शाहले जानकारी दिए। 

दुई दिनदेखि हराएका गिरीले आफुलाई अपहरण गरेको प्रहरीलाई बयान दिएका छन्। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ। 

गिरीले बुधबार सात बजेर १५ मिनेटमा प्रताप नाम गरेका उनका साथीलगायत आठ जनालाई आफू अपहरणमा परेको भन्दै मोबाइलबाट म्यासेज गरेका थिए। गिरीले म्यासेजमा ‘मलाई चार जनाले अपहरण गरेर बानेश्वरतिर लगेका छन्’ भनी उल्लेख गरेका थिए। उनको यो म्यासेज आएपछि मोबाईल अफ भएको थियो।

उम्मेद्वार गिरी पूर्व सैनिक समेत हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell