
मार्कुस रासफोर्डले गरेको एक मात्र गोलको मद्दतमा म्यानचेष्टर युनाइटेडले युरोपा लिग सेमिफाइनलको पहिलो लेगमा स्पानिस क्लब सेल्टा भिगोलाई १-० ले पराजित गरेको छ।
अवे मैदानमा हात पारेको जितसँगै इगलिस क्लब युनाइटेडले १ गोलको अग्रता कायम गरेको छ।
प्रिमियर लिगको शीर्ष चारमा पर्ने होडमा रहेको युनाइटेडलाई युरोपा लिगको उपाधि दाबेदार मानिएको छ। युरोपा लिग च्याम्पियन बने युनाइटेड सिधै आगामी सिजनको च्याम्पियन्स लिगमा छनौट हुनेछ।
युनाइटेडलाई साँधुरो जित दिलाउन रासफोर्डले ६७औं मिनेटमा फ्रिकिकबाट गोल गरे। सेल्टाका ह्युगो मालोले रासफोर्डलाई फल गरेपछि युनाइटेडले फ्रिकिकको अवसर पाएको हो। जसलाई रासफोर्डले खेल फालेनन्।
अब युनाइटेडले सेल्टासाग दोस्रो लेग घरेलु मैदानमा आगामी शुक्रबार खेल्नेछ।