- राजेन्द्र आचार्य
यस सडक खण्डमा कुनै पनि समयमा सर्वसाधारणले सहज रुपमा यात्रा गर्न पाउने भएका छन्। मतदाताहरुलाई आवातजावतमा सहज बनाउन वैशाख २५ देखि जेठ ३ गते सम्म नारायणगढ–मुग्लिन सडक खण्ड बन्द नहुने आयोजनाका इन्जिनियर शिव जानकारी दिए।
सडक निर्माण आयोजनाले अहिले कामलाई द्रुत गतिमा अघि बढाउन विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गर्दै आइरहेको थियो। यस सडक खण्ड भएर हजारौं सवारी साधनहरु आवातजावत गर्छन्।नारायणगढ–मुग्लिन सडक खण्डलाई सन् २०१७ अप्रिल सम्ममा काम सम्पन्न गर्ने गरी चार लेनको सडक विस्तार भइरहेको छ। आयोजनाले चैत १५ देखि दैनिक ५ घण्टा बन्द गर्दै आएको थियो।