PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

नारायणगढ–मुग्लिन सडकखण्ड वैशाख २५ देखि जेठ ३ सम्म बन्द नहुने



पहिलोपोस्ट

नारायणगढ–मुग्लिन सडकखण्ड वैशाख २५ देखि जेठ ३ सम्म बन्द नहुने

  • राजेन्द्र आचार्य 
चितवन : स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नारायणगढ-मुग्लिन सडकखण्ड यही वैशाख २५ गतेदेखि जेठ ३ गतेसम्म नौ दिन बन्द नहुने भएको छ। 

यस सडक खण्डमा कुनै पनि समयमा सर्वसाधारणले सहज रुपमा यात्रा गर्न पाउने भएका छन्। मतदाताहरुलाई आवातजावतमा सहज बनाउन वैशाख २५ देखि जेठ ३ गते सम्म नारायणगढ–मुग्लिन सडक खण्ड बन्द नहुने आयोजनाका इन्जिनियर शिव जानकारी दिए। 
 
सडक निर्माण आयोजनाले अहिले कामलाई द्रुत गतिमा अघि बढाउन विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गर्दै आइरहेको थियो। यस सडक खण्ड भएर हजारौं सवारी साधनहरु आवातजावत गर्छन्।नारायणगढ–मुग्लिन सडक खण्डलाई सन् २०१७ अप्रिल सम्ममा काम सम्पन्न गर्ने गरी चार लेनको सडक विस्तार भइरहेको छ। आयोजनाले चैत १५ देखि दैनिक ५ घण्टा बन्द गर्दै आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell