PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

काठमाडौं महानगरमा ९ जनाको उम्मेदवारी फिर्ता



पहिलोपोस्ट

काठमाडौं महानगरमा ९ जनाको उम्मेदवारी फिर्ता

काठमाडौं : वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको लागि काठमाडौं महानगरपालिकामा उम्मेद्वारी दिएका ९ जनाले उम्मेद्वारी फिर्ता लिएका छन्। 

यसरी उम्मेदवारी फिर्ता लिनेमा ५ जना वडा अध्यक्षका उम्मेद्वार र ४ जना सदस्यहरु रहेका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टिका तर्फबाट काठमाडौं वडा नम्वर ३२ बाट उम्मेदवारी दर्ता गराएका मिना गिरीले उम्मेदवारी फिर्ता लिएकी हुन्। त्यस्तै स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका वडा नम्बर ११ का रितेश के सि, वडा नम्बर १६ का  रबिन्द्र कुमार श्रेष्ठ, वडा नम्बर ७ का कैलाश गौतम र वडा नम्बर ९ का  वडा सुभाष ढकालले फिर्ता लिएका हुन्। 

काठमाडौं महानगरपालीका वडा नम्बर ३१ वडा सदस्य गणेश कुमार श्रेष्ठ, वडा नम्बर ५ वडा सदस्य राजु डंगोल, वडा नम्बर ११ वडा सदस्य पवनजंग ठकुरी र वडा नम्बर १६ सुशिला मानन्धरलले स्वतन्त्रबाट दिएको वडा सदस्यको उम्मेदवारी फिर्ता लिएका हुन्। 

निर्वाचन आयोगले बिहीबार ५ बजेसम्मको लागी उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो। आयोगले आज उम्मेद्वारी दर्ता गएकाहरुको अन्तिम नामवली प्रकाशित गर्दैछ।




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell