PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

प्रचण्ड र ओलीबीच बिहानको त्यो बैठक जसले निम्त्यायो संसद्‍मा 'क्ल्यास'



पहिलोपोस्ट

प्रचण्ड र ओलीबीच बिहानको त्यो बैठक जसले निम्त्यायो संसद्‍मा 'क्ल्यास'
बिहीबार प्रम र ओलीबीच भएको भेट।

काठमाडौँ : महाभियोग अगाडि बढाउने र फिर्ता लिने विवाद बढेपछि बिहीबारको संसद्‍ बैठक स्थगित गरेकी सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेताहरुलाई शुक्रबार बिहान छलफलका लागि डाकेकी थिइन्।

संसद्‍ भवन परिसर नयाँ बानेश्वरमा बिहान साढे नौ बजेतिर बसेको प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमाले अध्यक्ष केपी ओलीलाई महाभियोग प्रस्तावको टुङ्गो लगाउने काम छोटो बाटोबाट गरौँला, अहिलेलाई टेबल हुन दिनुस् भनेका थिए।

त्यसको जवाफमा ओलीले छोटो बाटो भनेको कति? मिति तौकौँ भनेका थिए।

बैठकमा उपस्थित एक नेताका अनुसार ओलीले प्रश्न तेर्स्याएपछि प्रधानमन्त्रीले संसदीय प्रक्रियामा मिति तोक्न नमिल्ने भन्दै यसअघिका सभामुख सुवास नेम्वाङ यहीँ हुनुहुन्छ भन्दै देखाएका थिए।

नेम्वाङले भने दलीय प्रक्रिया भएकोले दलहरुबीच सहमति भए मिति तोकेर जान नसकिने हैन भन्ने जवाफ दिए पनि प्रधानमन्त्रीले मिति तोकेर जान सकिन्न भन्ने अडान राखे।

जवाफमा ओलीले भने, 'मिति तोकेर जान सकिन्न भने हामी पनि बैठक अगाडि बढाउन दिन सक्दैनौँ।'
 
तीन दलका शीर्ष नेताहरुबीचको बैठकमा कुरा नमिलेपछि सभामुखले बैठक डाकिन् र प्रस्ताव संसदमा टेबल गरिन्। नेम्वाङसहित एमाले नेताहरु वेल घेराउ गर्दै नाराबाजी गरिरहे पनि संसदमा प्रस्ताव टेबल भएको घोषणा गरेर उनले दिउँसो १ बजेका लागि अर्को बैठक डाकिन्। 

सम्बन्धित समाचार  संसद्‍मा महाभियोग प्रस्ताव टेबल हुँदा एमालेसहित विपक्षीको नाराबाजी र वेल घेराउ, हेर्नुस् भिडियो महाभियोग प्रस्ताव संसद्‍मा टेबल भएपछि प्रतिपक्षी गठबन्धनको बैठक, अवरोध जारी राख्ने निर्णय



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell