बनेपा : काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका र गाउँपालिकामा स्वतन्त्ररुपमा उठेका र बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।
जिल्ला निर्वाचन कार्यालय, धुलिखेलका अनुसार धुलिखेल नगरपालिकमा–४ जनाले, पनौती नगरपालिकामा १० जनाले, मण्डनदेउपुर नगरपालिकामा तीन जनाले, चौरीदेउराली गाउँपालिकामा नौजना गरी कुल २६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
केही क्षेत्र दुर्गम भएको र सञ्चारको समस्या भएका कारण विस्तृत विवरण आएपछि उम्मेदवारी फिर्ता लिनेको सङख्या अझै बढ्ने जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले बताए।
जिल्लामा कुल दुई हजार ७४० जनाले विभिन्न पार्टी र स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका थिए। छ नगरपालिका र सात गाउँपालिका रहेको जिल्लामा दुई लाख ३० हजार ८४९ मतदाता सङख्या रहेको छ भने १८९ मतदान स्थल र ३०७ मतदान केन्द्र रहेको छ। रासस