PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

फ्राइडे रिलिजमा भुवन केसी अभिनित 'ब्ल्याक डायरी' मात्र



पहिलोपोस्ट

फ्राइडे रिलिजमा भुवन केसी अभिनित 'ब्ल्याक डायरी' मात्र

काठमाडौं: दुई साता लगातार कुनै नयाँ नेपाली फिल्म पर्दामा उत्रिएन। बैशाख एक गते सार्वजनिक लभ लभ लभ, राधे र घामपानीले सिंगल स्क्रिन तथा मल्टिप्लेक्समा शो पाइरहेका थिए। अप्रिल २८ बाट बाहुबली २ को प्रदर्शन सुरु भएपछि भने ति फिल्मले दुई हप्ता चलेको दर्शक फ्लो गुमाउनु पर्‍यो र शो प्राय सबै पर्दाबाट बाहिरिए।

बाहुबली दुईको लागि दर्शक फ्लो कम नहुँदै यो हप्ता भने नयाँ नेपाली फिल्मले पर्दामा आउने आँट गर्‍यो। फ्राइडे रिलिज अन्तर्गत फिल्म 'द ब्ल्याक डायरी'को रिलिज भएको हो।

क्याटभिजन प्रोडक्सन प्रस्तुती रहेको फिल्ममा बाइकर्स युवाको कथा देखाइने बताइएको छ। सुजन घिमिरे निर्देशित फिल्मलाई अनोज अधिकारीले निर्माण गरेका हुन्। फिल्ममा भुवन केसी, रमेश सिंह, अभय कुवँर, पुजा भट्ट, बबिता घिमिरे, पवन कार्की, रोमा भण्डारी, अञ्जु महर्जन लगायतको अभिनय रहेको छ। फिल्म सिंगल स्क्रिन लक्षित हो।

बलिउड तर्फ भने नेपालका लागि नयाँ फिल्म सार्वजनिक भएको छैन। बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको फिल्मा बाहुबली द कन्क्लुजनले अझै केहि साता दर्शक फ्लो कम नगर्ने बलिउड फिल्म क्रिटिक्स एवं वितरक तरण आदर्शको दाबी छ।

फ्राइडे रिलिजमा हलिउड तर्फ पनि यो साता कुनै नयाँ फिल्म प्रदर्शनमा आएन। द बोस बेबीले प्रदर्शनको चौथो सातामा आएर पनि केहि मल्टिप्लेक्समा शो पाइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell