PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

स्विजरल्यान्डको 'लोकार्नो फिल्म महोत्सव'मा दुई नेपाली फिल्म



पहिलोपोस्ट

स्विजरल्यान्डको 'लोकार्नो फिल्म महोत्सव'मा दुई नेपाली फिल्म

काठमाडौं: स्विजरल्यान्डको लोकार्नोमा हुने 'लोकार्नो फिल्म महोत्सव'मा नेपालका लागि दुई फिल्म छानिएका छन्। फेस्टिभलको ओपन ड्रोस सेगमेन्टमा दुई फिल्मले निर्माण फन्ड समेत प्राप्त गर्ने भएको हो।

निरन्जनराज भेटवालको निर्देशनमा बन्ने 'इन्द्रेणी परी' र विभुषन बस्नेत र पुजा गुरुङको निर्देशनमा बन्ने 'द होल टाइमर्स' छनिएका हुन्। ओपन ड्रोसमा छानिने आठ फिल्म मध्य दुई नेपाली फिल्म परेका हुन्। यो सेगमेन्टमा अन्य फिल्म म्यानमार, बंगलादेश, श्रीलंका र पाकिस्तानका फिल्म छनोट भएका हुन्।

फिल्म इन्द्रेणी परीले वृद्ध वृद्धामो कथा भन्छ। सन्तान बिहिन दम्पतीको कथामा बन्ने १०५ मिनेट लामो फिल्मको सेटिङ नुवाकोटको एउटा गाउँ हो। त्यस्तै फिल्म 'द टाइमसर्स'ले बुवा खोज्न निस्किएको १३ वर्षिय बालकको कथा भन्छ। फिल्ममा बालकले भोग्ने उताव चढावलाई माओवादी द्वन्द्सँग जोडेर पेश गर्छ। फिल्म १२० मिनेट लामो छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell