PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

'लभ सासा'ले जुराएको कर्मा र केकीको जोडी छुछ्यो 'महानगर'मा



पहिलोपोस्ट

'लभ सासा'ले जुराएको कर्मा र केकीको जोडी छुछ्यो 'महानगर'मा

काठमाडौं: फिल्म ‘महानगर’मा अभिनेत्री केकी अधिकारी र अभिनेता कर्माको मुख्य अभिनय रहने भनिएको थियो।  'लभ सासा' पछि कर्मासँग फेरी स्क्रिन सियर गर्ने भन्दै केकी अधिकारीले सामाजिक संजालमा फोटो समेत पोस्ट गरेकी थिइन्। तर फिल्मको औपचारिक घोषणामा केकी अधिकारीको ठाउँमा अभिनेत्री मेनुका प्रधानको नाम सार्वजनिक गरियो।

फिल्मको फाइनल कास्ट जानकारीमा मेनुका र कर्माको नाम फिल्म युनिटले सार्वजनिक गरेको हो। मोहन राईले निर्देशन गर्ने फिल्म ‘महानगर’बाट किन आउट भइन् केकी? फिल्मले आयोजना गरेको कार्यक्रममा फिल्म निर्माता गोविन्द पराजुलीले केकी अधिकारीको कार्य व्यस्ततालाई कारण बताएका थिए।

त्यो कुरा पुस्टी गर्दै केकी अधिकारीले पहिलोपोस्टसँग भनिन्,'समय दिन नसक्ने भएँ। पहिले नै तय भएको फिल्मको काम सुरु हुनु अघि महानगरको काम नसक्किने भएकाले फिल्म गर्न नपाउने भएको हुँ।'

फिल्म आउँदो हप्ता छायाँकनको लागि फ्लोरमा उत्रने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell