PahiloPost

May 14, 2025 | १ जेठ २०८२

कांग्रेस-माओवादी गठबन्धन पवित्र अरुको अपवित्र : यस्ता छन् कांग्रेसी तर्क



पहिलोपोस्ट

कांग्रेस-माओवादी गठबन्धन पवित्र अरुको अपवित्र : यस्ता छन् कांग्रेसी तर्क

काठमाडौँ : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा चुनावी तालमेलका लागि भएको कांग्रेस–माओवादी गठबन्धनलाई पवित्र गठबन्धन भएको दाबीहसति तर्क प्रस्तुत गरेको छ। एमाले–राप्रपा गठबन्धनलाई अपवित्र भन्दै टिप्पणी गरेको कांग्रेसले आफ्नै पार्टीभित्रसमेत माओवादीसँगको तालमेलका विषयमा प्रश्न उठेपछि त्यसको बचाउमा तर्क प्रस्तुत गरेको हो। 

'चुनावमा नयाँ खालको ध्रुवीकरण देखा परेको छ र त्यो ध्रुबीकरणमा कांग्रेसले गणतन्त्र, संघीयता र संविधानका सम्पूर्ण आधारभूत तत्वहरुको पक्षधरता र संविधान कार्यान्वयन गर्ने पक्षसँग चुनावी तालमेल गरेकोछ,' कांग्रेसको प्रचार उपसमितिका संयोजक रमेश लेखकले भने, 'त्यस कारण यो गठबन्धन प्राकृतिक छ र यो पवित्र पनि छ।' उनले चुनावी ध्रुवीकरणले संविधान कार्यान्वय गर्न र उपलब्धिको रक्षा गर्न सहयोग पुग्ने दाबी गरे। राजनीतिक जटिलतालाई पनि स्वभाविक सहजता प्रदान गर्न उनले बताए। 

'यो गणतन्त्र, संघीयता र समावेशिता नमान्नेसँग तालमेल भएको छैन,' एमाले–राप्रपा गठबन्धनतर्फ संकेत गर्दै लेखकले भने, 'त्यसैले चुनावपछि पनि पार्टी संघीयताको विपक्षमा जाने हो कि गणतन्त्रबाटै व्याक हुने हो अथवा समावेशिताबाट पछि फर्कने पो हो कि भन्ने चिन्ता लिनुपर्ने अवस्था छैन।' उनले कांग्रेसले गरेको तालमेलले राजनीतिक महत्व राख्ने बताए। 

'यो संविधानको स्वीकार्यता विस्तार गर्ने र कार्यान्वयन गर्ने पक्षसँगै कांग्रेसको तालमेल भएकाले यसको राजनीतिक महत्व ज्यादा छ,' लेखकले भने, 'त्यसैले पार्टीका साथीहरुले स्वतन्त्र रुपमा दर्ता गरेको उम्मेद्वारीसमेत अधिकांश ठाउँमा फिर्ता भएको छ।' उनले पार्टी निर्णय विपरीतका उममेदवारी कायम रहेमा कारबाही हुने बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell