PahiloPost

May 14, 2025 | १ जेठ २०८२

बेपत्ता भइन् मनिषा कोइराला



पहिलोपोस्ट

बेपत्ता भइन् मनिषा कोइराला

क्यान्सरमुक्त भएकी बलिउड अभिनेत्री मनिषा कोइरालाको कमब्याक त्यती चर्चामा आएको छैन। सन् २०१२ मा उनलाई ओभरी क्यान्सर भएको थाहा भएपछि उनी रिल लाईफबाट हराएकी थिइन्।

उपचार पछि भूत रिटर्नस, चेहेरे लगायत अन्य तीन भाषाको फिल्ममा देखिएकी उनले पुरानै स्टारडम जोगाउन सकिनन्। अब उनी अभिनित नयाँ फिल्म 'डियर माया' प्रदर्शनको तयारीमा छ। फिल्मको हिजो ट्रेलर सार्वजनिक भयो। ट्रेलरमा उनलाई बेपत्ता महिलाको भूमिकामा देख्न सकिन्छ। आउँदो जुन २ मा रिलिज हुने फिल्ममा मनिषालाई सहारा बिहिन वृद्ध र भूमिकामा देखाईएको छ।

बलिउडमा सफल फिल्महरु दिएकी मनिषाले २०१३ मा क्यानसर मुक्त भए पछि गरेको यो तेस्रो हिन्दी फिल्म हुनेछ।

हेर्नुस् फिल्मको ट्रेलर: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell