PahiloPost

May 14, 2025 | १ जेठ २०८२

संसद्को प्रक्रियामा सर्वोच्चको ब्रेक : सुशीलामाथिको महाभियोगको प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश



पहिलोपोस्ट

संसद्को प्रक्रियामा सर्वोच्चको ब्रेक : सुशीलामाथिको महाभियोगको प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश

काठमाडौँ : सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश चोलेन्द्रशमशेर जवराको एकलज इजलासले कार्कीमाथिको महाभियोग प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गरेको हो।

सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदले संसद्‍मा दर्ता गरेको प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको अन्तरिम आदेशले महाभियोगको प्रक्रिया सुरु गरिसकेको संसद्लाई 'ब्रेक' लगाइदिएको छ।

आजै मात्र एमालेको अवरोधका बीच कार्कीविरुद्धको महाभियोग प्रस्ताव संसद्‍मा टेबल भएको छ। आदेशले प्रक्रिया अघि नबढाउन भने पनि संसद्‍मा महाभियोगको प्रक्रिया भने सुरु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell