PahiloPost

May 14, 2025 | १ जेठ २०८२

अत्तरीया कप महिला क्रिकेट : एपीएफ सेमिफाईनलमा प्रवेश



पहिलोपोस्ट

अत्तरीया कप महिला क्रिकेट : एपीएफ सेमिफाईनलमा प्रवेश
फोटोहरु : क्रिकेटिङ नेपाल

धनगढी : सशस्त्र प्रहरी बल एपीएपफ देशकै सर्वाधिक धनराशीको अत्तरीया कप महिला क्रिकेटमा लगातार दोस्रो जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रवार अत्तरीयास्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा भएको दोस्रो खेलमा एपीएफले कञ्चनपुर-११ लाई ८ विकेटले पराजित गरेको हो। त्यसअघि बिहिबार भएको उद्घाटन खेलमा एपीएफले नेपाली महिला क्रिकेट टीमकी कप्तान रुवीना क्षेत्रीले नेतृत्व गरेकव मिलन क्रिकेट एकेडेमीलाई हराएको थियो।

अब एपीएफसँग हारेका मिलन क्रिकेट एकेडेमी र कञ्चनपुरबीचको खेलको विजेता सेमिफाइनलमा पुग्नेछ।

टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुर १२.३ ओभरमा ३५ रनमा अलआउट भयो। कञ्चनपुरका कुनै पनि खेलाडीले दोहोरो रन अंक छुन सकेनन्। कप्तान रेखा रावलले बनाएको ५ रन नै कञ्चनपुरका खेलाडीको व्यक्तिगत उच्च स्कोर रह्यो। कञ्चनपुरले १४ रन अतिरिक्तबाट पाएको हो। 

कञ्चनपुरलाई अलआउट गर्न एपीएफकी विनु वुढा मगर, करुणा भण्डारी, सीता रानामगर र सरीता मगरले २/२ विकेट लिईन् भने ईन्दु वर्मा र सोनु खड्काले १/१ विकेट हात पारिन्।

३६ रनको सामान्य लक्ष्य एपीएफले ५ ओभरमै २ विकेट गुमाएर पूरा गर्‌यो। एपीएफको जितमा ज्योती पाण्डेले १२ तथा सीता मगर र ममता चौधरीले ६/६ रन बनाईन्।

कञ्चनपुरकी डली भट्टले २ विकेट लिईन्। खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी सीता मगर वुमन अफ द म्याच भईन्। उनले नगद ३ हजार हात पारिन्। 

शुक्रबारै भएको समृह ए को खेलमा राईजिङ क्रिकेट वुमन काठमाण्डौले कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई १७ रनले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको राईजिङ क्रिकेट वुमनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ३७ रन बनायो। राइजिङका लागि बंगलादेशी खेलाडी सहनाज प्रविन र भारतीय खेलाडीद्धय पुजा निमा भाट र लक्ष्मी चौधरीले राम्रो ब्याटिङ गरे।

सहनाज प्रविन र लक्ष्मी चौधरीले समान २० तथा पुजा निमाले १९ रन बनाइन्। कैलाली जिल्ला क्रिकेट एकेडेमीका चादनी शाहले २ तथा सुमन विष्ट, अञ्जली चन्द र लक्ष्मी साउदले १/१ विकेट लिईन्। 

१३८ रनको लक्ष्य पछ्याएको कैलालीको टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२० रन मात्र बनाउन सक्यो। कैलालीका लागि नितु भण्डारीले सर्वाधिक ३५ तथा मन्जु भण्डारीले २० र कविता कुँवरले १७ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

पहिलो विकेटका लागि नितु र मन्जुले ४८ तथा दोस्रो विकेटका लागि मन्जुले कवितासँग ३६ रनको साझेदारी गरेपनि पर्याप्त भएन।

राईजिग क्रिकेट वुमनका लागि अस्मीता कर्माचार्यले ३ तथा पुना निराभाटले २ विकेट लिइन् भने  आरती विडारी र कृति सेनले १/१ विकेट हात पारिन्।

१९ रन बनाउनुका साथै २ विकेट लिएकी भारतीय खेलाडी पुजा निभाभाट वुमन अफ द म्याच भईन्। उनले नगद ३ हजार हात पारिन्। 

प्रतियोगिताअन्तर्गत शनिबार राइजिङले पहिलो खेलमा बारा क्रिकेट एकेडेमी तथा दोस्रो खेलमा कञ्चनपुरले मिलन क्रिकेट एकेडेमीसँग खेल्नेछ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell