काठमाडौँ : वैशाख ३१ गते हुन लागेको काठमाडौँ महानगरपालिकाको स्थानीय तहको निर्वाचनका लागि स्वतन्त्र र संसदमा नरहेका दलहरुलाई निर्वाचन आयोगले आज चुनाव चिह्न प्रदान गरेको छ।
सञ्चारकर्मी रविन्द्र मिश्रको अगुवाईमा खुलेको साझा पार्टीका मेयर उम्मेदवार किशोर थापाले क्यामरा चुनाव चिह्न पाएको छ भने विवेकशील नेपालीको मेयर उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) ले स्टकोट पाएकी छिन्।
विवेकशीलले यसअघि संविधान सभाको निर्वाचनमा कुकुर चुनाव चिह्न पाएको थियो। कुकुर भने यसपटक रस्सेन्द्र भट्टराईकी छोरी उपमेयर उम्मेदवार जनिसा भट्टराईले पाएकी छिन्। साझाकी उपमेयर निरुपमा यादवले भने सेलरोटीको चाङ चुनाव चिह्न पाएकी छिन्। *
मेयर उम्मेदवारको चुनाव चिह्न
१. किशोर थापा (साझा) = क्यामरा२. रन्जु न्यौपाने (दर्शना) (विवेकशील नेपाली) = स्टकोट
३. भरतबहादुर बिसुराल = पानीको बोतल
४. ज्ञानुमाया तामाङ = केटाकेटी
५. विनोद क्षेत्री = ढाकाटोपी
६. अमोट महर्जन = बक्सिङ ग्लोब
७. नेत्रबहादुर लिम्बु = ब्याडमिन्टन कक
८. पुरुषोत्तम दंगाल = चेस बोर्ड
९. लक्ष्मीप्रसाद भण्डारी =ज्याबेल
१०.नवराज कार्की = शंख
११. अनिलमान श्रेष्ठ =पंखा
१२. भगवान गिरी = खुल्ला सुटकेस
१३. राधा बेल्वासे = माछा पाल्ने भाँडो
१४. सुशीला बेघा = मसि र कलम
१५. विदुरप्रसाद घिमिरे (चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल) = ठेकी
१६. दिनेश शाही = बिरालो चुनाव चिन्ह (लोहनी राप्रपा)
१७. सुरेन्द्रप्रसाद ढकाल = मकैको बोट( सामाजिक पर्यावरण मोर्चा)
१८ . गोर्कीप्रसाद श्रेष्ठ = इँट्टा (वैद्य माओवादी)
१९. डब बहादुर गर्बुजा पुन मगर= घर (राष्ट्रिय जनमुक्ति पार्टी )
उपमेयर उम्मेदवारको चिह्न
१. जनिसा भट्टराई = कुकुर२. निरुपमा यादव (साझा पार्टी) = सेलरोटी को चाङ
३. पुनम डंगोल = भिडियो क्यामरा
४. राधिका महर्जन = भित्ते घडी
५. बालकृष्ण परियार =डल्फिन
६.सावित्री खरेल = गैटी ( वैद्य माओवादी )
७. लक्ष्मी राई = नमस्ते गरेको हात (संघीय समाजवादी फोरम नेपाल )
(*यसअघि साझाकी उपमेयर उम्मेदवारको चुनाव चिह्न गलत उल्लेख भएकोमा सच्याइएको छ। उनको चुनाव चिह्न सेलरोटीको चाङ हो, कुकुर हैन।)