
काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मलेसियाको महिला टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। नेपाल र मलेसियन महिला टोलीबीचको खेल यही मे २३ मा हुनेछ।
मैत्रीपूर्ण खेल खेल्ने मलेसियन फुटबल संघको निमन्त्रणालाई अखिल नेपाल फुटबल संघले स्वीकार गरेको हो।
साफ महिला च्याम्पियनसिप खेल्नु अघि गत नोभेम्वरमा भएको मैत्रीपूर्ण खेलमा नेपालले मलेसियन टोलीलाई १-० ले पराजित गरेको थियो।
मलेसियन महिला टोली अहिले क्वालालम्पुरमा अगस्टमा हुने एसइए गेम्सको तयारीमा छ। नेपाली महिला टोलीको प्रशिक्षक कुमार थपाले पनि टोलीको प्रशिक्षण सुरु गरिसकेका छन्।