PahiloPost

May 14, 2025 | १ जेठ २०८२

मेसीको प्रतिवन्ध फुकुवा



पहिलोपोस्ट

मेसीको प्रतिवन्ध फुकुवा

अर्जेन्टाइन स्टार लियोनल मेसीमाथि लागेको ४ खेलको अन्तर्राष्ट्रिय प्रतिवन्ध फुकुवा भएको छ। 

मेसीको तर्फबाट अर्जेन्टिना फुटबल संघले अपिल गरेपछि फिफाको अपिल कमिटीले मेसीको प्रतिवन्ध फुकुवा गरेको हो।

विश्वकप छनौट अन्तर्गत चिली विरुद्ध मार्चमा भएको खेलमा रेफ्रिमाथि खराब शब्द बोलेको भन्दै मेसीलाई ४ खेलको प्रतिवन्ध लगाइएको थियो। 
उक्त प्रतिवन्धपछि मेसीले बोलिभिया विरुद्धको खेल खेल्न पाएका थिएनन्। जुन खेल अर्जेन्टिनाले २-० ले हारेको थियो। 

प्रतिवन्ध हटेसँगै मेसीले अब उरुग्वे, भेनेजुएला र पेरुसँगको खेल खेल्न पाउनेछन्। 

फिफा अपिल कमिटिले मेसी विरुद्ध लागेको प्रतिवन्धको पुष्टी गर्ने पर्याप्त आधार नभएका बताएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell