PahiloPost

May 14, 2025 | १ जेठ २०८२

'ग्याङ्गस्टर ब्लूज'को टिजर रिलिज



पहिलोपोस्ट

'ग्याङ्गस्टर ब्लूज'को टिजर रिलिज

काठमाठौँ : 'ग्याङ्गस्टर ब्लूज' फिल्मको टिजर शनिबार रिलिज भएको छ। टिजरमा आशिरमान देशराज जोशी लिड अभिनेत्री आना शर्मासँगै संयम पुरी र रोजिशा शाही ठकुरी फिचरिङमा छन्। 

निर्माण घोषणाको समयदेखि नै उदयीमान प्रतिभाको रुपमा देखिएका आशिरमान देशराजको अभिनय टिजरमा बोल्ड देखिन्छ। फिल्मभित्र आना र आशिरमानको प्रेममा अभिनेत्री रोजिशा भिलेन अवतारमा प्रस्तुत भएको टिजरले छनक दिन्छ। 

सरोज न्यौपानेले निर्माण गरेको फिल्मको केही हप्ता पहिले मात्रै नेपालगंजबाट सम्पूर्ण छायांकन सकिएको थियो। भदौ २ लाई प्रदर्शन मिति तय गरेको फिल्मको प्रचारलाई थालनी गर्दै शनिबार निर्माण टिमले टिजर बाहिर ल्याएको हो। 

शैलेन्द्र डी कार्कीले खिचेको 'ग्याङ्गस्टर ब्लूज' फिल्ममा कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell