PahiloPost

May 14, 2025 | १ जेठ २०८२

वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधन



पहिलोपोस्ट

वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधन

काठमाडौँ : वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको आज बिहान ४ बजे कमलादीस्थित आफ्नै निवासमा निधन भएको छ। 

अल्जाइमरलगायत रोगबाट पीडित ९८ वर्षीय शर्मा नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका एक अगुवा व्यक्तित्व थिए। 

शर्मा राणा शासन विरोधी आन्दोलनका लागि सत्याग्रह आन्दोलनमा पनि सामेल भएका थिए। 

प्रगतिशील लेखक संघका अध्यक्ष मात्रिका पोखरेलका अनुसार शर्माको पार्थिव शरीरलाई बिहान १० देखि दिउँसो २ः०० बजेसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिने र ३ः०० बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ । स्वर्गीय शर्माका एक छोरी छिन्। रासस


तस्विर : मातृका पोखरेलको फेसबुकबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell