PahiloPost

May 14, 2025 | १ जेठ २०८२

तान्जानियामा स्कुल बस दुर्घटना, २९ बालबालिकाको मृत्यु



पहिलोपोस्ट

तान्जानियामा स्कुल बस दुर्घटना, २९ बालबालिकाको मृत्यु

नैरोवी : तान्जानियाको उत्तरी क्षेत्रमा शनिबार एक विद्यालयको बस दुर्घटनाग्रस्त हुँदा यसमा विद्यालय हिँडिरहेका २९ बालबालिकाको मृत्यु भएको छ। घटनामा दुई शिक्षक र चालकको पनि मृत्यु भएको विद्यालयका निर्देशकले बताएका छन्। 

‘हाम्रा २९ जना बालबालिका, दुई शिक्षक र एक चालकको घटनास्थलमा मृत्यु भएको छ’ लक्की भिनसेन्ट प्राथमिक विद्यालयका इनोसेन्ट मुसिले बताए। 
मृतकमध्ये १२ जना बालक र १७ बालिका रहेका छन् । बस सडकबाट चिप्लिएर कराटु जिल्लाको मरेरा नदीको खोचमा खसेपछि यसमा यात्रारत सबैजनाको मृत्यु भएको हो। रासस/एएफपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell