काठमाडौँ : मेलम्ची खानेपानी आयोजनाको ८७ प्रतिशत सुरुङको काम सकिएको छ।
एक महिनाको अवधिमा ४ सय ५६ मिटर सुरुङ खनेको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए। अब मेलम्चीको साढे तीन किलोमिटर सुरुङ खन्न बाँकी छ। आयोजनाको सुरुङ साढे २७ किलोमिटर लामो छ। मेलम्चीको पानी सुरुङ हुँदै सुन्दरीजल ल्याइनेछ।
आगामी असोज सम्म राजधानीमा खानेपानी ल्याउने लक्ष्यसहित काम गरिरहेको आयोजनाले ग्याल्थुममा कमजोर चट्टानका कारण समस्या भइरहेको उनले बताए। सुरुङमार्गमा आउने चट्टानलाई पाँच भागमा बर्गिकरण गरिएको हुन्छ। पहिलो, दोस्रो र तेस्रो श्रेणीको चट्टान आउँदा तत्काल सपोर्ट दिनु नपर्ने भएकाले एकै दिनमा धेरै सुरुङ खन्न सकिन्छ।
थप समाचारका लागि बिजमाण्डुमा क्लिक गर्नुहोस्