PahiloPost

May 14, 2025 | १ जेठ २०८२

महाभियोगको कार्यसूचीमा संसदमा अन्योल, बैठक चुनावसम्म स्थगनको तयारी



पहिलोपोस्ट

महाभियोगको कार्यसूचीमा संसदमा अन्योल, बैठक चुनावसम्म स्थगनको तयारी

काठमाडौँ : महाभियोग प्रक्रिया रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि संसद्को कार्यसूची के हुने निश्चित भएको छैन। 

सामान्यतया अघिल्लो बैठकमा रोकिएको कार्यसूचीलाई अर्को बैठकमा निरन्तरता दिइने गरिएको छ। तर, अदालतको आदेश अनुसार यसअघि स्थगन भएको महाभियोगको छलफल अघि बढाए अदालतको अवहेलना हुने भएकाले कार्यसूचीबारे यकिन भएको छैन। 

संसद् बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। त्यसअघि कार्यसूचीबारे परामर्शका लागि सभामुख ओनसरी घर्तीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी छन्।

संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले कार्यसूची स्पस्ट भइनसकेको बताए। गौतमले भने ‘परिवर्तित सन्दर्भमा कसरी अघि बढ्ने कार्यव्यवस्थाले निक्र्यौल गर्ला। यसअघिको अभ्यास हेर्ने हो भने स्थगन कार्यसूचीले नै निरन्तरता हुनुपर्ने हुन्छ।’

फेरिएको सन्दर्भका कारण कार्यसूचीमा सहमति नभए बैठक चुनावपछि सम्मका लागि स्थगित गर्ने तयारी पनि सभामुखको छ। यसअघि नै दलहरुले आजको सट्टा चुनावपछि बैठक राख्न माग गरेका थिए। आइतबारको बैठकको कारवाही सुचार भए वा नभए पनि बैठक कम्तीमा एक साताका लागि स्थगित गर्ने तयारी छ।




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell