PahiloPost

May 14, 2025 | १ जेठ २०८२

अख्तियार प्रमुखमा सिफारिस बस्न्यातको संसदीय सुनुवाइ प्रक्रिया सुरु, भरत रायमाझीको सुनुवाइ चुनावसम्म सर्‍यो



पहिलोपोस्ट

अख्तियार प्रमुखमा सिफारिस बस्न्यातको संसदीय सुनुवाइ प्रक्रिया सुरु, भरत रायमाझीको सुनुवाइ चुनावसम्म सर्‍यो

काठमाडौं : स्पेनका लागि प्रस्तावित राजदूत भरत रायमाझीको संसदीय सुनुवाइको प्रक्रिया चुनावसम्मका लागि स्थगित भएको छ। आइतबार उजुरीमाथि प्रारम्भिक सुनुवाइका लागि बैठक बोलाइएको थियो। चुनावसम्मका लागि सांसद्हरु गाउँ जाने भएपछि सुनुवाइ सरेको हो।

संसदीय सुनुवाइ समिति सचिव ध्रुवप्रसाद घिमिरेले रायमाझीको सुनुवाइ स्थगित भएको बताए। 

फागुन ९ गते नै रायमाझीको नाम राजदूतमा सिफारिस भए पनि दूतावास नै नभएको देशमा सिफारिस गरेको भन्दै सरकारको आलोचना भएपछि नाम सूचीबाट फिर्ता गरिएको थियो। स्पेनमा दूतावास खोल्ने निर्णय गर्दै सरकारले रायमाझीलाई पहिलो राजदूतका रुपमा सिफारिस गरेको
थियो।

विवादका कारण रायमाझी र युएइका लागि प्रस्तावित आशा लामाको नाम सरकारले संसदीय सुनुवाइका लागि पठाएको थिएन।
तर, सरकारले पुनः रायमाझीलाई राजदूतमा सिफारिस गरेको हो। 

राष्ट्रिय प्रजातन्त्र पार्टीको कोटाबाट राजदूतमा सिफारिस भएका रायमाझी नेपाली सेनाका पूर्व सहायक रथी समेत हुन्। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा पनि उनको नाम राजदूतमा सिफारिस भएको थियो।

वर्तमान सरकार गठनसँगै प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइका क्रममा विचाराधीन रहेको अवस्थाबाट फिर्ता लिइएको थियो। त्यसबेला उनी युइएका लागि राजदूतमा सिफारिस भएका थिए। 

यस्तै आइतबारको बैठकले अख्तियार प्रमुखमा सिफारिस दीप बस्न्यात र महालेखा परीक्षकमा सिफारिस टंकमणि शर्माको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

दुवैको सुनुवाइ प्रक्रिया अघि बढाउन समितिले सार्वजनिक सूचना आह्वान गर्ने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell