PahiloPost

May 14, 2025 | १ जेठ २०८२

संसद् बैठक ११ दिनका लागि स्थगित, अर्कौ बैठक जेठ ४ मा



पहिलोपोस्ट

संसद् बैठक ११ दिनका लागि स्थगित, अर्कौ बैठक जेठ ४ मा

काठमाडौं : व्यवस्थापिका संसद्को बैठक जेठ ४ गतेसम्मका लागि स्थगित भएको छ। महाभियोगको सूचना लगायतको कार्यसूचीमा दलीय सहमति नभएपछि आइतबार १ बजेका लागि बोलाइएको बैठक जेठ ४ गतेसम्मका लागि स्थगित भएको छ। 

सदनमा विचाराधीन महाभियोगको प्रस्तावको कार्यसूची अघि नबढाउन सर्वोच्च अदालतले शुक्रबार आदेश जारी गरेपछि कार्यसूचीमा दलीय विवाद थियो। सोही विवाद र चुनावका लागि भन्दै बैठक एक साताभन्दा लामो समयसम्म स्थगित भएको हो।

चुनावका लागि सदन स्थगित गर्न सांसद्हरुले माग गर्दै आएका थिए। यस्तै सर्वोच्च अदालतको आदेशका कारण प्रक्रिया स्थगन भएपछि कसरी अघि बढ्ने भन्ने विषयमा राजनीतिक परामर्श पनि जारी छ।

संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले फेरिएको राजनीतिक परिस्थिति अनसार बैठक स्थगन गरिएको जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell