PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विश्व साइकलयात्री कार्मेन वीरगन्जमा, प्रदूषणमुक्त सहर बनाउन साइकलयात्रा



राधेश्याम पटेल

वीरगन्ज : विश्व साइकलयात्री कार्मेन मिक्ली र नेपाली फोटो पत्रकार उषा तितिक्षुको वीरगन्जमा भव्य स्वागत गरिएको छ। 

ग्रीन सिटी वीरगन्जद्वारा आयोजना गरिएको स्वागत समारोहपछि वीरगन्ज नगरमा जनचेतना फैलाउन सामुहिक साइकल यात्रा पनि गरिएको छ। वीरगन्जलाई प्रदूषणमुक्त बनाउन र स्वास्थ्यसम्बन्धी जनचेतना जगाउन साइकल यात्रा निकालिएको हो। 

यात्रामा कार्मेन, तितिक्षु, ग्रीन सिटी वीरगन्जका अध्यक्ष जयप्रकाश खेतान, समाजिक अभियन्ता प्रकाश थारु, विभिन्न स्कूलका विद्यार्थीहरुले साइकल चलाएर नगर परिक्रममा गरेका थिए।


स्वागत समारोहमा बोल्दै जर्मन नागरिक कार्मेनले आफूले यूरोप, एसियालगायतका २७ देश घुमिसकेको २८ औं देशको रुपमा नेपाल आएको बताइन्। ४७ वर्षीया कार्मेनले ३ वर्षको उमेरमा नै साइकल सिकेकी थिइन्। 

मानव अधिकार, पशु अधिकार तथा पर्यावरणलाई प्रदूषणबाट बचाउन उनी साइकलमार्फत विश्व यात्रामा  निस्केकी हुन्।

विश्वमा हरेक वर्ष २० हजार मानिसले भोकमरीका कारण ज्यान गुमाउनु परेको छ। प्रदूषण कम नभएसम्म खाद्यान्नको अभाव नहट्ने भन्दै उनी भम्रण गर्ने देशका स्कूल तथा कलेजमा गई विद्यार्थीहरुलाई आफ्नो यात्राको बारेमा जानकारी गराउने गर्छिन्।


कार्यक्रमका पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशी, ग्रीन सिटी वीरगन्जका अध्यक्ष जयप्रकाश खेतानलगायतले आफ्नो धारणा राखेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell