PahiloPost

May 14, 2025 | १ जेठ २०८२

टेरिया मगरपछि मलिसा गुरुङ अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा



पहिलोपोस्ट

टेरिया मगरपछि मलिसा गुरुङ अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा

काठमाडौं: डिज्नी च्यानलले आयोजना गर्ने प्रतियोगिता 'सोए लुना-डाइन् आउफ्ट्रीट्' मा नेपाली मुलकी मलिसा गुरुङ उत्कृष्ट पाँचमा छनौट भएकी छिन्। गायन र नृत्यकलासम्बन्धी उक्त ट्यालेन्ट शोको अन्तिम प्रतिस्पर्धाका लागि उनी छानिएकी हुन्। 

प्रतियोगितामा जर्मनी, स्वीट्जरल्याण्ड र अस्ट्रियाका अन्य प्रतियोगिलाई पछि पार्दै उत्कृष्ट उनी पाँचमा पर्न सफल भइन्। जर्मनीस्थित ब्रेमेन शहरमा बसोबास गर्ने ११ वर्षीय मलिसाको जर्मन भाषामा गाएको गीतसमेत सार्वजनिक छ।

कार्यक्रम मे महिनाको पहिलो साता सोमबारदेखि शुक्रबारसम्म डिज्नी जर्मनीमा बेलुकी ८ बजे प्रदर्शन हुँदै आएको छ। प्रतियोगिताको बिजेता भने मे ५ बाट मे १८ सम्ममा प्राप्त हुने अनलाइन भोटको आधारमा तय हुनेछ। मलिसा अन्तर्राष्ट्रिय कलाकार संघका अध्यक्ष एवं एनआरएनए जर्मनीका सांस्कृतिक संयोजक बेल गुरुङकी छोरी हुन्।




भोट गर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतियोगिताको बिजेताले पुरस्कार सहित डिज्नी कै प्रायोजनमा एक एल्बम निकाल्ने अबसर पाउने छन्। विजेताको घोषणा आगामी जुन ९ मा नेपाली समय बेलुकी १०:५५ (जर्मन समय साँझ ७:१०) मा डिज्नी च्यानल, जर्मनीबाट गरिनेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell