
मुम्बई इन्डियन्स आइपीएल-१० को प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ। शनिबारको दोस्रो खेलमा दिल्ली डेयरडेभिल्सलाई १४६ रनको फराकिलो अन्तरले पराजित गर्दै मुम्बईले प्लेअफमा स्थान बनाएको छ।
मुम्बईले दिल्लीलाई ६७ रनमा अलआउट गर्दै आइपीएलको इतिहासमै फराकिलो रन अन्तरको जित हासिल गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१२ रन बनाएको थियो। मुम्बईका लागि लेण्डल सिमेन्सले सर्वाधिक ६६ तथा काएरन पोलार्डले नबआउट ६३ रन जोडे।
दुई दिनअघि गुजरात विरुद्ध २०८ रन को लक्ष्य पूरा गरेकव दिल्ली मुम्बई विरुद्ध ३८ बलअघि ६६ रनमै अलआउट भयव। दिल्लीका लागि करुण नायरले २१ तथा कोरे एण्डरसन र प्याट कमिङ्सले समान १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।
दिल्ली अलआउट गर्न मुम्बईका लागि हर्भजन सिंह र कर्ण शर्माले ३-३ तथा लाथिस मिलगाले २ विकेट लिए।
११ खेलपछि ९ जित हात पारेको शीर्ष स्थानको मुम्बई १८ अंक जोड्दै ३ खेल अघि नै प्लेअफमा छनौट भएको हो। यता सातौँ हारपछि दिल्लीकव प्लेअफ सम्मभावना कठिन बनेको छ।
शनिबारै भएको पहिलो खेलमा राइजिङ पुने सुपरजायन्ट्स सनराइजर्स हैदरावादलाई १२ रनले हराउँदै दोस्रो स्थानमा उक्लेको छ। जितपछि १२ खेलबाट १६ अंक जोडेको पुने प्लेअफ नजिक पुगेको छ। यता १२ खेलबाट १३ अंक झोडेको हैदरावाद हारपछि चौथो स्थानमा छ र प्लेअफ पुग्न बाँकी दुवै खेल जित्नुपर्नेछ।
जयदेव उनादकाटले ह्याट्रिकहसित ५ तथा बने स्टोकले ३ विकेट लिएपछि पुनेले १४८ रन डिफेण्ड गर्दै जित हात पारेको हो।
टस हारेर पिहले ब्याटिङ गरेको पुनेले स्टोकको ३९ रन मद्दतमा १४८ रन बनाएको थियो। १४९ रनको लक्ष्य पछ्याएकव हैदरावादले ९ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो।
हैदरावादका युवराज सिंहले ४७ तथा कप्तान डेभिव वार्नरले ४० रन बनाएपछि जितका लागि पर्याप्त भएन।