PahiloPost

May 14, 2025 | १ जेठ २०८२

प्रिमयर लिग : टोटनहम हार्दा चेल्सीलाई फाइदा, सिटीको जितमा ५ खेलाडीको गोल



पहिलोपोस्ट

प्रिमयर लिग : टोटनहम हार्दा चेल्सीलाई फाइदा, सिटीको जितमा ५ खेलाडीको गोल

प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा दोस्रो स्थानको टोटनहम वेष्टहमसँग हारेपछि शीर्ष स्थानको चेल्सीलाई फाइदा पुगेको छ।

अर्को खेलमा ५ फरक खेलाडीले गोल गरेपछि म्यानचेष्टर सिटीले क्रिस्टल प्यालेसलाई ५-० ले पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ।

टोटनहम विजयी भएको भए चेल्सीसँगको अंकदुरी १ मा झर्ने थियो। तर टोटनहम पराजित भएपछि चेल्सीले एक खेल कम खेल्दा पनि  ४ अंकको दुरी कायम गरेको छ। चेल्सीले बाँकी ४ मध्ये दुई खेल जितेमा उपाधि जित्नेछ।

टोटनहमको ३५ खेलबाट ७७ अंक छ भने एक खेल कम खेलेको चेल्सीको ८१ अंक छ। चेल्सीले सोमलबार मिडल्स्ब्रोसँग खेल्दैछ।

वेष्टहमलाई टोटनहमविरुद्ध जित दिलाउन मानुएल लान्जिनलीले ६५औं मिनेटमा निर्णायक गोल गरे। 

यता सिटीले घरेल मैदान एतिहाड स्टेडियममा क्रिस्टल प्यालेसलाई ५-० ले हरायो। सिटीका लागि डेभिड शिल्वा, कप्तान भिनसेट्न कोम्पनी, केभिन डे ब्रुएना, रहिम स्टर्लिङ र निकोलस ओटामण्डीले गोल गरे। जितपछि ३५ खेलबाट समान ६९ अंक झोडेको सिटीले लभरपुललाई गोल अन्तरमा पछि पार्दै तेस्रोमा उक्लेको हो। 

सिटी र लिभरपुलसँगै म्यानचेष्टर युनाइटेड(६५) र आर्सनल (६०) शीर्ष चारको होडमा छ। युनाइटेडले ३४ तथा आर्सनलले ३३ खेल मात्र खेलेकव छ। यी दुईबीच आज राती खेल हुँदैछ।

गत वर्ष आश्चर्यजनक रुपमा प्रिमियर लिगको उपाधि जितेको लेस्टर सिटी यसपटक रेलिगेशन नपर्ने पक्का भएकव छ। लेस्टरले वाटफोर्डलाई ३-० ले हराउँदै प्रिमियर लिगमा रहने पक्का गरेको हो। लेस्टरको जितमा एनदिदी, रियाद महारेज र मार्क अल्विङटनले गोल गरे। 

उपाधि जित्ने टोलीबिच प्रतिस्पर्धा चल्दै गर्दा रेलिगेशनमा पर्ने टोलीबीच पनि होडबाजी कायम छ। स्वान्सी सिटी एभरटनलाई १-० ले हराउँदै रेलिगेशन जोनबाट माथि उक्लेको छ भने हल सिटी यसअघि नै रेलिगेशनमा परिसकेको सण्डरल्याण्डसँग २-० ले हारेपछि रेलिगेशन जोनमा झरेको छ। 

३६ खेलबाट ३६ अंक जोडेको स्वान्सी १७औं स्थानमा उक्लेको छ भने ३६ खेलबाट ३४ अक रहेको हल १८औं मा झरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell