PahiloPost

Jun 1, 2025 | १९ जेठ २०८२

कलाकार भर्सेस बुद्धिजीवी, दिपक क्षेत्रीलाई सहयोग गर्न भयो यस्तो खेल



पहिलोपोस्ट

कलाकार भर्सेस बुद्धिजीवी, दिपक क्षेत्रीलाई सहयोग गर्न भयो यस्तो खेल

काठमाडौं: शनिबार बिरामी कलाकार दिपक क्षेत्री सहयोगार्थ फुटबल प्रतियोगिता सम्पन्न भएको छ। काँडाघारी संयुक्त युवा क्लब र बक्स अफिस फिल्मी क्लबले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेको हो। कलाकार र समाजसेवी तथा बुद्धिजीबीचको मैत्रीपूर्ण खेलमा कलाकारको समूहले ३ गोलको अग्रतासहित जित हात पार्‍यो। 

नृत्य निर्देशक शंकर बिसीले दुई गोल र कलाकार आकाश बाबु खवासले गरेको एक गोलले जीत कलाकारको पक्षमा बनाएको हो।

खेलमा कलाकारतर्फ नायिका पुजा शर्मा, शुभेच्छा थापा, नायक पल साह, सलोन बस्नेत, जय किसन बस्नेत, धिरेन शाक्य, करन श्रेष्ठ क्रेजी, महादेव त्रिपाठी, दिपेन शाह, किशोर भण्डारी, गोमा केसी, केदार घिमिरे माग्ने बुढा, एन बि महर्जन, शितल केसी, सुनिल कटुवाललगायतको सहभागिता रहेको थियो। 

कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई रहेका थिए। प्रतियोगितामा कलाकार दिपक क्षेत्रीको पनि उपस्थिति रहेको थियो।

खेलमा विजयी हुने टिमलाई चलचित्र विकास बोर्डका अधक्ष राजकुमार राइले प्रमाण पत्र तथा मेडलसहितको पुरस्कार प्रदान गरे। त्यस्तै टिम कप्तान नायक धिरेन शाक्यलाई विशेष सिल्ड प्रदान गरियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell