PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

भक्तपुरको चाँगुनारायणमा नेकपा मालेका सबै दलित उम्मेदवार



पहिलोपोस्ट

भक्तपुरको चाँगुनारायणमा नेकपा मालेका सबै दलित उम्मेदवार

भक्तपुरः राजनीतिमा दलितको सहभागिता न्यून भएको भन्दै निर्वाचन कानुनमा दलितका लागि आरक्षण सिटको व्यवस्था गरेसँगै स्थानीय निर्वाचनमा देशभर अनिवार्य दलित उम्मेदवार निर्वाचनमा उम्मेदवार बनेका छन्। 

भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ४ मा नेकपा मालेकातर्फबाट सबै जना उम्मेदवार दलित छन्। वडा अध्यक्ष, सदस्यहरु पुरै टिम नै दलितको उठाइएको छ। 

‘दलित मैत्री नमुना वडा’ निर्माणका लागि दलितहरुलाई सर्वसम्मत उम्मेदवार बनाइएको नेकपा मालेका जिल्ला सचिव अदीप खड्काले बताए। 
चाँगुनारायण नगरपालिका वडा नम्बर ४ मा वडा अध्यक्षमा रामराज मगराती, सदस्यहरु हरिशरण सार्की, विदुर मिजार महिला सदस्य सीता मिजारले उम्मेदवारी दिएका छन्। त्यस्तै चाँगुनारायाण नगरपालिकाको उपमेयर पनि दलित महिला लक्ष्मी मगराती रहेकी छन्। नेकपा मालेले वडा नम्बर ५ मा पनि सुरज वयलकोटीलाई वडा अध्यक्षमा उठाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell