PahiloPost

May 14, 2025 | १ जेठ २०८२

ला लिगाको उपाधिका लागि बार्सलोना र रियलबीच कडा प्रतिस्पर्धा



पहिलोपोस्ट

ला लिगाको उपाधिका लागि बार्सलोना र रियलबीच कडा प्रतिस्पर्धा

स्पानिस ला लिगाको उपाधिका लागि अहिले बार्सिलोना र रियल मड्रिडबीच चर्को प्रतिस्पर्धा चलिरहेको छ। गएराती भएको खेल दुवै क्लबले शानदार जित हात पार्दै उपाधि होडलाई कायमै राखेका हुन्। 

लियोनल मेसी, लुइस सुवारेज र नेमार (एमएसएन) सबैले गोल गरेपछि बार्सिलोनाले भियारियललाई ४-१ ले हरायो। बार्साको जितमा मेसीले २ तथा सुवारेज र नेमारले १/१ गोल गरे।

नेमारले २१ औं मिने६मा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए पनि सेड्रिक बाकाम्पुले ११ मिनेटपछि भियारियलका लागि बराबरी गोल फर्काए। तर मेसीले पहिलो हाफको अन्तिममा गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए। दोस्रो हाफमा सुवारेज र मेसीले गोल गरेपछिबार्सिलोनाले सहज जित हासिल गरेको हो।

यता गारेथ बेल, करिम बेन्जामा र क्रिस्टियानो रोनाल्डो (बिबिसी) बिनै मैदान उत्रेको रियलले ग्रानाडालाई ४-० ले पराजित गर्‌यो।

रियलका लागि जेम्स रोड्रिगेज र अल्भारो मोराटाले २/२ गोल गरे। रियलले चारै गोल गरिसकेपछि बेन्जामा दोस्रो हाफमा मैदान प्रवेश गरेपनि गोल गर्न सकेनन्।

ला लिगामा पछिल्ला तीन खेलमा दुवै क्लबले फराकिलो अन्तरको जित हात पारेका छन्।

मालगासँग २-०ले हारेयता बार्सिलोना ५ खेलमा अपराजित छ। त्यसमा रियल विरुद्धको एल क्लासिको जित पनि सामेल छ। रियल एल क्लासिकोमा हार बेहोरेको रियल पनि पछिल्लो ३ खेलमा अपराजित छ। 

तर अर्को के कुरा निश्चित छ भने रियलले बार्सलोना भन्दा एक खेल कम खेलेको छ र बाँकी रहेको सबै खेल जित्ने हो भजे रियल स्वत च्याम्पियन बन्नेछ। 

यदी रियलले तीन मध्ये एक खेलमा हार बेहोर्ने र बार्सिलोनाले दुवै खेल जितेमा भने बार्सिलोना च्याम्पियन बन्छ।

अब बार्सिलोनाले लसपलमस र आइबरसँग खेल्न बाँकी छ भने रियलले सेभिया र मालागासँगै सेल्टाभिगोसँग पनि खेल्न बाँकी छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell