
काठमाडौं: गायिका सरु गौतमको नयाँ गीत सार्वजनिक भएको छ। ‘के यो माया हो’ बोलको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको हो। गीतको म्युजिक भिडियोमा गायिकाको आफ्नै भाइ सरोज गौतमको फिचरिङ रहेको छ।
गीतमा सरु गौतमकै शब्द रहेका छन्। संगीतकार टंक बुढाथोकीको संगीत रहेको गीतमा संगीत एरेन्ज पनि उनैले गरेका छन्। भिडियोमा मोडल कृष्टिना थापाले सरोज गौतमसँग स्क्रिन सियर गरेकी छिन्। बुद्ध थापाको छायांकन, निशान घिमिरेको सम्पादन रहेको गीतको भिडियो निर्देशन अनुप चापागाईंले गरेका हुन्।
‘यो लभ सङ हो,’ गीतबारे सरुले भनिन्, ‘गीतमा प्रेम भाव झल्किन्छ। आशा छ दर्शक र स्रोताले पनि गीतलाई प्रेम गर्नुहुनेछ।’
हेर्नुस् भिडियो: