PahiloPost

May 14, 2025 | १ जेठ २०८२

अमेरिकी कंग्रेसको प्रतिनिधि मण्डलले भन्यो- 'ट्रम्पको विजयले अमेरिकी कुटनीतिमा कुनै असर पर्दैन’



पहिलोपोस्ट

अमेरिकी कंग्रेसको प्रतिनिधि मण्डलले भन्यो- 'ट्रम्पको विजयले अमेरिकी कुटनीतिमा कुनै असर पर्दैन’

काठमाडौंः अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको विजयले अमेरिकी कुटनीति र परराष्ट्र सम्बन्धमा कुनै असर नगर्ने बताएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको अमेरिकी कंग्रेसका सात सदस्य प्रतिनिधिमण्डलले नेपालका विकास आयोजनाहरुमा अमेरिकी सहयोग र लगानी गर्न अमेरिका तयार रहेको बताएको हो। 

भेटमा अमेरिकी कंग्रेसका सदस्यहरुले नेपालको शान्ति प्रक्रिया, मानव अधिकारको अवस्था, व्यापार तथा लगानी सम्झौतालगायतका विषयमा प्रधानमन्त्रीसँग चासो राखेका थिए। 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‍को कार्यालय, सिंहदरबारमा आइतबार दिउँसो भएको भेटमा दुईपक्षीय हित, समसामयिक राजनीति र विकास आयोजनाका सम्बन्धमा कुराकानी भएको थियो। भेटमा प्रधानमन्त्रीले नेपाल र अमेरिकाबीचको सम्बन्ध र भ्रमणहरु निकै फलदायी हुने गरेको बताए। 

भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियाको सफलतामा अमेरिकाको सहयोग प्रशंसनीय रहेको बताए। 

नेपाल राजनीतिक स्थिरता, विकास र आर्थिक समृद्धिको यात्रामा लम्किरहेको जानकारी दिँदै प्रधानमन्त्रीले अमेरिकी लगानी र अनुदानमा नेपालमा सञ्चालित आयोजनाहरुले आर्थिक समृद्धिको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताए। प्रधानमन्त्रीले संक्रमणकालीन न्यायको सिद्धान्तलाई ध्यान दिँदै नेपालले आफ्नै मौलिकतामा शान्ति प्रक्रियालाई सफलतामा पुर्याएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell