PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

'बाहुबली २'ले रच्यो इतिहास, पहिलो साताको अन्त्यसम्ममा १००० करोड



पहिलोपोस्ट

'बाहुबली २'ले रच्यो इतिहास, पहिलो साताको अन्त्यसम्ममा १००० करोड

बलिउड बक्स अफिसमा प्रदर्शन अघिदेखि रेकर्ड बनाउँदै आएको फिल्म बाहुबली द कनक्लुजनले प्रदर्शनको पहिलो साता सक्किए लगत्तै नयाँ रेकर्ड सेट गर्‍यो। एसएस राजामौली निर्देशित फिल्म ‘बाहुबली २’ले फिल्मको कमाईको नयाँ इतिहास बनाएको हो।

बाहुबली सिक्वेल बलिउडको १ हजार करोडको कमाई गर्ने पहिलो फिल्म बनेको छ। २ सय करोड चालिस लाख लगानीमा बनेको फिल्मको हिन्दी भर्सनका शोहरुबाट मात्र तीन सय करोड नेट कलेक्शन गरेको हो। भारत भित्र सार्वजनिक चार भाषाका शोहरुबाट छ सय करोड माथी र बाँकी रकम ‍ओभर सिज कलेक्शन गरेको हो।
 

ट्रेड एनालिस्ट तरुण आदर्शले ट्विटमार्फत फिल्मको बक्स अफिस कलेक्शन बारे जानकारी दिएका हुन्।  फिल्मले भारतपछि नर्थ अमेरिकामा बल्कबस्टर प्रदर्शन गरेको समेत जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell