PahiloPost

May 14, 2025 | १ जेठ २०८२

प्रदूषणविरुद्ध 'ग्यास मास्क' लगाएर यसरी उत्रिए एक युवा सडकमा, हेर्नुस् फोटोमा

प्रदूषणविरुद्ध 'ग्यास मास्क' लगाएर यसरी उत्रिए एक युवा सडकमा, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: उपत्यकाभित्र बढेको धूलो र त्यसले निम्त्याउने समस्याविरुद्ध एक युवाले आइतबार एकल प्रदर्शन गरेका छन्। काठमाडौंको धूलोले बढाएको वायु प्रदूषणको असरलाई व्यङ्ग्य गर्दै मिलन राई 'ग्यास मास्क' लगाएर सडकमा उत्रिएका हुन्।

काठमाडौंभित्रका अन्य चोकमा जस्तै अत्याधिक धूलो उड्ने चाबहिल चोकमा उनी फरक शैलीको विरोधसहित देखा परे। प्राय: सरकार अनि अन्य निकायको विरोधमा ठूलो झुण्ड वा समूह सडकमा उत्रेको पाइन्छ। तर मिलन राई भने एक्लै देखा परे।

काठमाडौंवासीको स्वास्थ्यमा धूलोले पारेको असर र कछुवा गतिको भइरहेको सडकको विकास एवं विस्तार कार्यविरुद्ध उनले नैतिक दबाब दिन खोजेको बताए। भने, 'सामान्य मास्कले नधान्ने स्थिति छ त्यसैको विरुद्ध आवाज उठाउन खोजेको हुँ। साथै सामान्य माक्सले मात्र धान्ने अवस्था बाँकी रहेन भनेर आम मानिस आफैं सचेत हुन पर्ने भइसक्यो।'

राईले वातावरण र स्वाथ्यमा धूलोले पारेको असरबारे सम्बन्धित निकायले चाँडोभन्दा चाडो ध्यान पुर्‍याउन आवश्यक रहेको बताए।



ट्रेन्डिङ पोस्ट

Ncell