PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

एमालेले आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी दर्ता



पहिलोपोस्ट

चितवनः नेकपा एमालेले राप्ती नगरपालिकामा निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा उजुरी परेको छ।

राप्ती नगरपालिका वडा नम्वर ५ भण्डारामा सिंचाई मन्त्रालयको माताहतमा रहेको जग्गामा एमालेले सम्पर्क कार्यालय स्थापना गरी काम गरेको भन्दै कार्यालयमा उजुरी परेको कार्यालयका सहायक निर्वाचन अधिकृत गम्विर घिमिरेले जानकारी दिए। 

निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गर्दासमेत सुनुवाई नभएको भन्दै मधुकर ओलीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेका हुन्। निर्वाचन आचारसंहिता अनुसार कुनै पनि दलले सार्वजनिकस्थलको प्रयोग गर्न नपाउने भएपनि एमालेले सम्पर्क कार्यालय स्थापना गरी चुनाव प्रचार प्रसार गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell