PahiloPost

May 14, 2025 | १ जेठ २०८२

राष्ट्रपति-प्रधानन्यायाधीश 'वान अन वान' कुराकानी : के भयो भेटवार्तामा?



पहिलोपोस्ट

राष्ट्रपति-प्रधानन्यायाधीश 'वान अन वान' कुराकानी : के भयो भेटवार्तामा?

काठमाडौं : सर्वोच्चको आदेशबाट निलम्बन फिर्ता भएपछि आजदेखि सर्वोच्च फर्किएकी प्रधानन्यायाधीश सुशीला कार्की आजै राष्ट्रपतिसँग कार्यालय शीतलनिवास पुगेकी छन्।

संसद्‍मा महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेकी प्रधानन्यायाधीश कार्की शुक्रबार न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासको अन्तरिम आदेशबाट सर्वोच्च फर्किएकी हुन्।
 
अदातल फर्किएर अन्य न्यायाधीशको पेशी तोके पनि आफूले कुनै मुद्दा नहेरेकी कार्की आजै शीतलनिवास पुगेकी हुन्। संविधानअनुसार राष्ट्रपतिबाटै सपथ लिएर प्रधानन्यायाशीध नियुक्त भएकी कार्की फर्किएको दिन राष्ट्रपति भेट्न शीतलनिवास पुगेकी हुन्।
 
कार्यलय समय सकेर फर्कने समयमा राष्ट्रपति कार्यालय पुगेकी प्रधानन्यायाधीश कार्की र राष्ट्रपति विद्या भण्डारीबीच शीतलनिवासमा वान टु वान भेटवार्ता भएको छ। 
 
दुई जनाबीच भएको 'वान अन वान' भेटवार्ता एक घण्टासम्म चलेको थियो।
 
दुई जनाबीचको लामो भेटवार्तापछि शीतलनिबासबाट बाहिरिएकी प्रधानन्यायाधीशबाट कुनै प्रतिक्रिया आएको छैन। तर पनि महाभियोगबाट भएको निलम्बन र सर्वोच्चको आदेशबाट फिर्ता भएपछिको पहिलो भेट भएका कारण उनले राष्ट्रप्रमुखलाई जाहेर गरेको विषय स्वभाविक अनुमान गर्न सकिन्छ।
 
तर दुई जनाबीच महाभियोग प्रस्ताव र सर्बोच्चको अन्तरिम आदेशपछि 'राज्यका दुई महत्वपूर्ण अंगकाबीचमा देखिएको टकराव'लाई कसरी अन्त्य गर्ने वा त्यसलाई 'वैधानिक ढंगबाट सामना गरी' टुंगोमा पुर्‍याउने भन्ने सन्दर्भमा भने दुईमध्ये एक पक्षबाट नआउँदासम्म एकीन गर्न गाह्रो हुन्छ।
 
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले दुई जनाबीचको भेटवार्ता 'वान अन वान' भएकाले त्यसमा छलफल भएका विषयबारे केही बताउन नसकिने बताए।
 
'राष्ट्रपतिज्यू र प्रधानन्यायाधीशज्यूबीच वान टु वान भेटवार्ता भएका कारण उहाँहरुबीच छलफल के विषयमा भयो भन्ने कुरा अहिले बताउन सकिदैन,' स्वकीय सचिव भेषराज अधिकारील भने, 'यति भन्न सकिन्छ कि उहाँहरुबीच सौहार्दपूर्ण भेटवार्ता भएको छ।'

उनले समसामयिक विषयमै छलफल भएको र आगामी २६ गतेको कानुन दिवसको सन्दर्भमा पनि कुरा भएको हुनसक्ने बताए। साँझ छ बजे राष्ट्रपति निवास शीतलनिवास पुगेकी कार्की सात बजे मात्र बाहिरिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell